ताजा समाचार

कांग्रेस नेता भण्डारीको उपचारमा भेन्टिलेटर हटाइयो

काठमाडौँ । कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको छ । आगाले जलेर घाइते भएका भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको हो ।

भारतको मुम्बईमा उपचाररत भण्डारीलाई सोमबार बिहान परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको उनका सहयोगी माधव न्यौपानेले जानकारी दिए । ‘ट्रायलका रुपमा भेन्टिलेटर हटाइएको छ । स्वास्थ्य पारामिटर नर्मल रहेका छन् । सुन्निएको भाग घट्दै गएको छ । स्वास्थ्य सामान्यतर्फ गइरहेको छ,’ न्यौपानेले भनेका छन् ।

शुक्रबारदेखि नलीमार्फत् खाना खुवाउन सुरु गरिएको छ भने आइतबार दिउँसो छातीको फिजियो गराइएको थियो । सांसद भण्डारीलाई बिहीबार दिउँसो श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *