ताजा समाचार

लुम्बिनी प्रदेश सरकारमा जसपाको इन्ट्री

दाङ । लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी सहभागी हुने भएको छ । सम्भवत: भोलि शपथग्रहण कार्यक्रम राख्ने तयारी छ ।

जसपाबाट प्रदेशको मन्त्रीमा भण्डारीलाल यादवलाई पठाउने तयारी छ । भोलि (सोमबार) बिहान बस्ने प्रदेश पदाधिकारी बैठकले मन्त्रीको नाम टुंगो लगाउने जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोककुमार यादवले जानकारी दिए ।

लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद छन् । मुख्यमन्त्री चयनका बेला विश्वासको मत दिएको जसपा माघ २८ मा विस्तार गरिएको मन्त्रीमण्डलमा अटाएको थिएन । कृषि तथा भूमि व्यवस्था मन्त्रालय जसपालाई दिने सहमति भएको जसपाले जनाएको छ ।

एमालेबाट कृषि तथा भूमि व्यवस्था मन्त्रीमा तुलसीराम शर्मा छन् । प्रदेशमा मुख्यमन्त्रीसहित दश मन्त्रालय छन् । जसमध्ये नेकपा एमाले मुख्यमन्त्रीसहित पाँच, नेकपा माओवादी केन्द्र तीन, जनमत र राप्रपा १/१ मन्त्री छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *