राजनीति

जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा आइतबार बिहान ११ वजेदेखि बस्न लागेको हो ।

बैठकमा देशको समसायिक राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव, विधान अधिवेशन, विभिन्न पार्टीसँग भइरहेको एकीरण लगायतको विषयमा छलफल हुने जसपाका प्रवक्ता मनिष सुमनले बताए ।

जसपाले उपराष्ट्रपतिमा दावी गर्दै आइरहेको छ । सत्ता गठबन्धनमा उपराष्ट्रपति माओवादी केन्द्रको भागमा परेकाले जसपाले उपराष्ट्रपतिले पाउने नपाउने टुंगो छैन । फागुन २५ मा राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपतिको चुनाव हुँदैछ । आजको बैठकमा राष्ट्रपति र उपराष्ट्रपति चुनावमा पार्टीका भूमिकाबारे छलफल हुनेछ ।

साथै, जसपाले नेकपा एकीकृत समाजवादीलगायत अन्य साना दलहरुसँग पनि एकीकरणका लागि छलफल गरिरहेको छ । विभिन्न पार्टीसँगे एकता प्रक्रियाका विषयमा समीक्षात्मक छलफल हुने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *