खेलकुद

नामिबियाविरुद्ध कुशल मल्लको अर्धशतक

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणीय सिरिजमा आज नेपालले नामिबियाले दिएको २७५ रनको लक्ष्य पछ्याइरहेको छ ।

नेपालका युवा ब्याट्सम्यान कुशल मल्लले आफ्नो अर्धसतक पुरा गरेका छन् । मल्लले ४१ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका हुन् ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो कुशलको तेस्रो अर्धशतक हो ।

त्यस्तै कप्तान रोहित पौडेल ३३ रन बनाएर खेलिरहेका छन् ।

यो समाचार तयार गरुन्जेल नेपालले ४३ ओभरमा ३ विकेट गुमाउदै २५५ रन बनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *