सम-सामयिक

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक : ३,४५३ जना उत्तीर्ण (सूची)

काठमाडौँ । कृषि तथा पशुपालन क्षेत्रतर्फ कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाका अनुसार उक्त परीक्षामा ३,४५३ जना उत्तीर्ण भएका छन् ।

नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच सम्पन्न समझदारी पत्रअनुरूप रोजगार अनुमती प्रणाली (ईपीएस) अन्तर्गत कोरियामा नेपाली कामदार पठाउन उम्मेदवार छान्न गर्न गत माघ १८ देखि फागुन ०५ गतेसम्म कृषि तथा पशुपालन क्षेत्रतर्फका लागि कोरियन भाषा परीक्षा लिइएको थियो ।

परीक्षामा सहभागी १० हजार ३९८ जनामध्ये ३,४५३ परीक्षार्थी उत्तीर्ण भएका हुन् । भाषा परीक्षामा उत्तीर्ण परीक्षार्थीको यही फागुन ८ गते भैँसेपाटीमा सीप परीक्षण हुने ईपीएस शाखाले जानकारी दिएको छ ।

[pdfjs-viewer attachment_id=309258 url=https://sankalpakhabar.com/wp-content/uploads/2023/02/Announcement-Skill-Test-DateAgriculture-Livestock_2023-UBT.pdf viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2023/02/Announcement-Skill-Test-DateAgriculture-Livestock_2023-UBT.pdf download=true print=true fullscreen=true fullscreen_target=false fullscreen_text=”View Fullscreen” zoom=0 ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *