ताजा समाचार

लिग २ मा तेस्रो सर्वाधिक विकेट टेकर सन्दीप

काठमाडौं। नेपाली क्रिकेटर सन्दीप लामिछाने आईसीसी विश्वकप क्रिकेट लिग २ मा तेस्रो सर्वाधिक विकेट लिने बलर बनेका छन्।

लिग २ अन्तर्गत नै कीर्तिपुरमा जारी त्रिदेशीय शृंखलामार्फत ६ महिनापछि राष्ट्रिय टिममा पुनरागमन गरेका सन्दीपले शनिबार नामिबियाविरुद्ध ९ ओभरमा ३३ रन खर्चेर तीन विकेट लिएका छन्।

लिग २ मा २३औं खेल खेलिरहेका सन्दीपले ३।९१ को इकोनोमीमा ५१ विकेट पूरा गरेका छन्। शीर्ष ओमानका तीव्र गतिका बलर बिलाल खान छन्। उनले ३६ खेलमा ७६ विकेट लिएका छन्। अमेरिकी बलर सौरभ नेत्रवाल्कर ५८ विकेटसहित दोस्रो स्थानमा छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *