संसद

अघिल्लो संसदमा दर्ता भएर पारित नभएका विधेयकको पुनः मस्यौदा दिन परिपत्र

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले अघिल्लो संसदमा दर्ता भएर पनि पारित हुन नसकेका विधेयकको पुनः मस्यौदा दिन मन्त्रालयलाई परिपत्र गरेको छ ।

अघिल्लो संसद्मा दर्ता भएर प्रक्रियामा रहेर पनि निष्क्रिय भएका विधेयकहरूको लिस्ट बनाएर त्यसलाई आवश्यक परेमा परिमार्जनसहित विधेयकको मस्यौदा दिन परिपत्र गरेको हो । मन्त्रालयले सोही आधारमा विधेयकलाई स्वीकृति दिने तयारी गरेको छ ।

मन्त्रालयका अनुसार ४ वर्षअघि दर्ता भएका विधेयकमा अहिले नीतिगत केही परिवर्तन गर्नुपर्ने आवश्यकता देखिएकाले परिमार्जन गरेर ल्याउन भनिएको छ ।

नवनिर्वाचित संसद्मा विधेयक दर्ताको लागि पठाउन मन्त्रालयले गरेको परिपत्र अनुसार केही विधेयक कानुन मन्त्रालयमा पुगेका छन् भने केही नयाँ विधेयकको मस्यौदा तयार पारिएको मन्त्रालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *