ताजा समाचार

रास्वपालाई गगनको प्रश्न : समर्थन फिर्ता लिनुपर्दैन ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अरूभन्दा भिन्न छौं भनेर आएको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोडेको विषयमा प्रश्न गरेका छन् । उनले प्रश्न गर्दै भने, ‘सरकारमा किन गएको पनि बताउनु नपर्ने ? सरकारबाट किन बाहिरिएको पनि बनाउनु नपर्ने ?’

शीर्ष नेताहरुविरुद्ध नो नट अगेन भनेर मत मागेको भन्दै यो दल किन सरकारमा गएको र किन छाडेको भनेर प्रश्न गरे ।

सरकार छाड्दै गर्दा आफूहरुसँग भएको सहमति पालाना नभएको भनेको भन्दै उनले भने, ‘सहमति पालना नगरेको प्रधानमन्त्रीले होइन ? हो भने सबभन्दा रिसाउनुपर्ने प्रधानमन्त्रीसँग होइन ? अनि सरकार छाड्दै गर्दा समर्थन लिनुपर्ने होइन ?’

‘हामीलाई किन समर्थन गरेको भने जस्तै समर्थन किन फिर्ता नलिएको भन्ने प्रश्न उठ्दैन ? कि राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहिँ प्रश्न सोध्न नमिल्ने हो ?’

सञ्चार माध्यमहरुलाई लान्छित गर्ने रास्वपा सभापति रवि लामिछानेको अभिव्यक्तिप्रति लक्षित गर्दै उनले यसबारे धेरै प्रतिक्रिया दिन आवश्यक नभएको बताए । ‘हामी के ठान्छौं भने प्रेस सिस्टमको अभिन्न अंग हो, त्यहाँ समस्या पनि छ,’ महामन्त्री थापाले भने, ‘नेपालको प्रेसले पनि आफ्नो बारेमा प्रश्न गरोस् । तर प्रेसलाई ‘ब्ल्यांकेट डिस–क्रेडिट’ गर्यो भने लोकतन्त्रमै समस्या आउँछ ।’

उनले अघि भने, ‘प्रेसलाई पनि डर हुनुहुन्न, हामीलाई पनि प्रेसको पनि डर हुनुहुन्न ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *