समाचार

राज्यले सहयोग नगर्दा मध्यम वर्षीय व्यवसायीहरू जल्न बाध्य भए :विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालमै बसेर केही गर्छु भन्ने व्यवसायीहरू टाट पल्टिन थालिसकेको बताएका छन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा चन्दले वित्तिय संस्थाहरूले प्रवाह गरेको ऋणका कारण व्यवसायीहरू संकटमा पर्दै गएको बताएका हुन् ।

नेकपाका महासचिव चन्दले वित्तिय संस्थाबाट लिएको ऋणका कारण किसानहरू उठिबास लाग्ने अवस्था आएको दावी गरे । चन्दले भने,‘सरकारको गलत नीतिका कारण मध्यम वर्गीय व्यवसायीहरू जल्न बाध्य भएका छन् ।’

राष्ट्रिय उद्योगीहरू समेत आर्थिक भारका कारण आन्दोलन गर्न बाध्य भएका छन् । तराईमा मिटर ब्याजी र पहाडमा लघुवित्तको आतंकबाट सर्वसाधारण जनताहरू आतंकित भएको उनको भनाइ छ ।

राज्यसमेत वित्तिय संस्थाहरूको आतंक रोक्न उदासिन भएको उनको आरोप छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *