ताजा समाचार

राष्ट्रिय सभा उपनिर्वाचनमा ३ सय ४ मत खस्यो

दाङ । लुम्बिनीमा आज भएको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा ३०४ मत खसेको छ ।

लुम्बिनी प्रदेशको प्रदेश सभातर्फ सबै ८७ मत र पालिकातर्फ २१८ मतमध्ये २१७ मत खसेको छ ।

रुपन्देही मर्चावार गाउँपालिकाका उपाध्यक्ष आशा सिंहको मात्रै मत खस्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए ।

स्रोतका अनुसार उपाध्यक्ष सिंह भारत गएकाले आउन नसक्ने भएपनि मतदानको समय ३ बजेसम्म भएकोले पर्खनु पर्ने भएको छ ।

३ बजे पछि मुचुल्काको काम हुने र मतगणना हुने कार्कीले बताए ।

गणना शुरु भएको १ घण्टामै मत परिणाम आउने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *