समाचार

ताप्लेजुङको ओलाङचुङगोलालगायत हिमाली क्षेत्रमा वर्षकै पहिलो हिमपात

ताप्लेजुङ । ताप्लेजुङको ओलाङचुङगोलालगायत हिमाली क्षेत्रमा यस वर्षकै पहिलोपटक हिउँ परेको छ ।

मंसिरदेखिनै हिउँको सामना गर्ने तयारीमा बसेका ओलाङचुङगोलालगायत हिमाली क्षेत्रका बासिन्दाले पहिलो पटक हिउँ देखेका हुन् ।

सशस्त्र प्रहरी सीमा सुरक्षाबल ओलाङचुङगोलाका प्रहरी निरीक्षक अनिल खड्काका अनुसार ओलाङचुङगोलामा मंगलबार सामान्य हिउँ परेको छ।

गतर्ष यतिबेला पटक-पटक हिउँको सामना गरेका यहाँका बासिन्दाले यो वर्ष अहिलेसम्म हिउँ देख्न पाएका थिएनन् ।

३१ सय मिटर उचाइको यो अधिक हिउँ पर्ने बस्तीमा पर्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *