ताजा समाचार

किम जोङद्धारा सिरियाली समकक्षीलाई समवेदना सन्देश

प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उनले टर्की र सिरियामा झण्डै ८ हजारको ज्यान लिएको विनाशकारी भूकम्पप्रति सिरियाली समकक्षी वासेर अल असादलाई समवेदना पठाएका छन् ।

सोमवार गएको ७.८ रेक्टर स्केलवाट हजारौले ज्यान गुमाएको प्रति समवेदना प्रकट गर्दै उत्तरी कोरियाली नेता किम जोङले समवेदना सन्देश पठाएका हुन ।

‘म विश्वस्त छु कि तपाईको नेतृत्वमा सिरियाली सरकार र जनताले जतिसक्दो चाँडो भूकम्पबाट भएको क्षतिलाई जित्नेछन् र प्रभावित मानिसहरूको जीवनलाई स्थिर बनाइनेछ,’ किमले सिरियाका राष्ट्रपति बसर अलअसदलाई समवेदना प्रकट गर्दै भनेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *