ताजा समाचार

प्रधानमन्त्रीको अध्यक्षतामा प्रजातन्त्र दिवस मुल समारोह समितिको बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा प्रजातन्त्र दिवस मुल समारोह समितिको बैठक बसेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको समिति बैठकले फागुन ७ गते हुने प्रजातन्त्र दिवसको कार्यक्रम र त्यो अवसरमा हुने विभिन्न विषयमा छलफल गरेको हो ।

सरकारले प्रजातन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ । जसको लागि प्रधानमन्त्रीको अध्यक्षतामा मुल समारोह समिति बनेको हो । प्रजातन्त्र दिवस नजिकिँदै गर्दा समितिको बैठक बसेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *