राजनीति

जनसरोकारका सम्बन्धित विधेयक संसदमा प्रस्तुत गर्ने सहमति

काठमाडौं । सरकारले प्राथमिकतामा रहेका जनसरोकारसँग सम्बन्धित विधेयकहरुलाई संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ ।

सोमबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राजनीतिक दलका प्रमुख सचेतकहरुबीचको छलफलमा जनसरोकारसँग जोडिएका बिभिन्न विधेयकहरुलाई प्राथमिकताका आधारमा सदनमा प्रस्तुत गर्ने सहमति जुटेको हो ।

विकास, सुशासन, संक्रमणकालिन न्याय, शिक्षा, स्वास्थ्य, नागरिकतालगायतका विषयमा तयार भएका विधेयकहरु सदनमा लगिने सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

छलफलमा विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, मुख्यसचिव, कानुनमन्त्री, कानुन सचिव लगायत सहभागी थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *