ताजा समाचार

युक्रेनी राष्ट्रपति र युरोपेली सङ्घका अध्यक्षबीच भेटवार्ता

काठमाडौं । युक्रेनका राष्ट्रपति र युरोपेली सङ्घका अध्यक्ष उर्सुला भोन डेन लियोनबीच भेटवार्ता भएको छ । त्यस क्रममा युक्रेनलाई सङ्घले उपलव्ध गराउने सहयोगका विषयमा कुराकानी भएको बताइएको छ ।

युक्रेनी राष्ट्रपतिले आफ्नो देशलाई निरन्तर सहयोग गरेकामा सङ्घको सराहना गरे । उनले सङ्घका अध्यक्ष युक्रेनको वस्तुस्थिति बुझ्न किएभ आउनु आफ्नो मुलुकका लागि महत्वपूर्ण भएको उनको प्रेस सेवाले जनाएको छ । सङ्घका अध्यक्षले सङ्घको सदस्यका लागि सन् २०२२ मा नै छानिएको विषयमा पनि जानकारी दिएका थिए ।

रुसी आक्रमणबाट तहसनहस भएको युक्रेनलाई विश्व विभिन्न देशले सहयोग गर्दै आएका छन् । सङ्घले पनि लामो समयदेखि किएभलाई आर्थिक एवम् प्राविधिक सहायता प्रदान गर्दै आएको छ ।

यसअघि गत बुधबार मात्र अष्ट्रियाका राष्ट्रपति अलेक्जेन्डर वान डेर बेलेनसँग युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किले भेटवार्ता गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *