संसद

पोखरामा अन्तर्राष्ट्रिय उडान कहिलेबाट हुन्छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री तथा सांसद जीवन परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरामा तामझामका साथ अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरे पनि उडान भर्नेबारे सरकारसँग कुनै योजना नभएको बताएका छन् ।

‘प्रधानमन्त्री ज्यूले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन त गर्नुभयो । तर, पोखराबासीले पर्खिरहेका छन्, पोखरामा अन्तर्राष्ट्रिय उडान कहिलेबाट हुन्छ ?,’ उनको प्रश्न छ । सांसद परियारले पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाका विषयमा यथाशिघ्र छानविन गरी घटनाको विषयमा सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् ।

‘पोखरामा विमान दुर्घटना हुँदा ठूलो जनधनको क्षति भयो । विमान दुर्घटनामा ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । के कति कारणले दुर्घटना भयो ? घटनाको छानबिन होस्, र यथाशिघ्र सत्यतथ्य सार्वजनिक होस्,’ उनले भने, ‘घटनामा पीडित परिवारलाई सरकारले उचित क्षतिपूर्तिको व्यवस्था गरोस् ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *