विश्व

भारतीय बजेट २०२३ : हरित ऊर्जा बढाउन चाँदी र चुरोटमा बढाइयो कर, वार्षिक ७ लाख कमाउनेले कर तिर्नु नपर्ने

नयाँदिल्ली । भारत सरकारले आफ्नो वार्षिक बजेट सार्वजनिक गरेको छ । संसद्‌मा वित्तमन्त्री निर्मला सीतारमणले पूर्ण बजेट प्रस्तुत गरेकी हुन् । उनले ग्रिन इनर्जी (हरित ऊर्जा) प्रवर्द्धनका लागि चाँदी र चुरोटमा कर बढाइएको घोषणा गरेकी छन् । यसैगरी वित्तमन्त्री सीतारमणले वार्षिक सात लाख रुपैयाँसम्म आम्दानी गर्ने व्यक्तिले कर तिर्नुनपर्ने घोषणासमेत गरेकी छन् ।

ग्रिन इनर्जी प्रवर्द्धनका लागि चाँदी र चुरोटमा कर बढाइयो

उनले बजेट भाषणमा भनेकी छन्-

  • लिथियम आयन ब्याट्री बनाउन आवश्यक सामान आयातमा भन्सार करमा छुट दिइनेछ ।
  • क्यामेरा, लेन्स तथा लिथियम आयन ब्याट्रीजस्ता मोबाइल फोन उत्पादनमा आवश्यक पर्ने सामानको आयातमा पनि भन्सार करमा दिइएको छुटलाई निरन्तरता दिइएको छ ।
  • क्रूड ग्लिसिरिनमाथि लाग्ने ७.५ प्रतिशत भन्सार कर घटाएर २.५ प्रतिशत गर्ने प्रस्ताव गरिएको छ ।
  • चाँदीमाथि लगाइएको भन्सार कर वृद्धि गरिएको छ किन भने यो सुन र प्लाटिनममाथि लाग्दै आएको करको बराबरी होस् भनेर ।
  • चुरोटमाथि लागेको भन्सार कर तीव वर्षदेखि बढाइएको थिएन । यसलाई बढाएर १६ प्रतिशत पुर्‍याउने प्रस्ताव गरिएको छ ।

सात लाख रुपैयाँसम्मको आम्दानीमा कुनै कर नलाग्ने

  • भारतीय वित्तमन्त्री सीतारमणले सात लाख रुपैयाँसम्मको आम्दानी हुनेले कुनै पनि कर तिर्नु नपर्ने ।
  • नेक्स्ट जेनेरेसन ट्याक्स फाराम जारी गरिनेछ । जो सरल हुनेछ । सहजै कर प्रविष्ट गर्न सकिनेछ । यसका लागि पनि नेक्स्ट जेनेरेसन ट्याक्स फाराम जारी गरिनेछ ।
  • सहकारी क्षेत्रमा ३१ मार्च २०२४ सम्म काम सुरु गर्ने कम्पनीलाई १५ प्रतिशत छुट दिइनेछ ।
  • हालसम्म वार्षिक पाँच लाख रुपैयाँसम्म आम्दानी गर्ने नागरिकका लागि कर लिइँदैनथियो । अबदेखि वार्षिक सात लाख रुपैयाँसम्म आम्दानी गर्ने नागरिकलाई करमा पूर्ण छुट दिइने प्रस्ताव गरिएको छ ।
  • सन् २०२० मा निजी करको क्षेत्रको दरमा ६ वटा प्रावधान राखिएको थियो भने यसपटकदेखि पाँचवटा स्तर कायम गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *