विश्व

एमालेबाट को-को बन्दैछन् मन्त्री ?

काठमाडौं । नेकपा एमालेले ८ मन्त्री र २ राज्यमन्त्री पाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति बसेको सत्ता गठबन्धनको बैठकमा एमालेले २ राज्यमन्त्री र ८ मन्त्री पाउने सहमति भएको हो ।

तीमध्ये उपप्रधानमन्त्री र अर्थमन्त्री विष्णु पौडेलसहित ३ जना मन्त्री यसअघि नै नियुक्त भइसकेका छन् । अब चार जनाले मन्त्री बन्न पाउने छन् । त्यसमा पर्वतका पदम गिरी, सुनसरीकी भगवती चौधरी, सर्लाहीका हरि उप्रेती र कपिलवस्तुका बलराम अधिकारी मन्त्री बन्ने एमालेका एक नेताले बताए ।

एमालेले यसपाली दुईपटक चुनाव जितेका र अहिलेसम्म मन्त्री बन्न नपाएकामध्येबाट मन्त्री छनौट गरेको हो । त्यस्तै दुई राज्यमन्त्रीमध्ये एक रौतहटका किरण साह हुने भएका छन् । अर्का एकमा पर्साका राजकुमार गुप्ता वा अर्को कसलाई पठाउने भन्ने तय नभएको ती नेताले बताए ।

एमालेबाट यसअघि ज्वाला कुमारी साह, राजेन्द्र राई र दामोदर भण्डारी मन्त्री नियुक्त भइसकेका छन् । उनीहरुले प्रधानमनन्त्री प्रचण्डसँगै विना विभागीय मन्त्रीको शपथ ग्रहण गरेका हुन् ।

एमालेले परराष्ट्र, स्वास्थ्य, रक्षा, कृषि, भूमि व्यवस्था, उद्योग र महिला बालबालिका मन्त्रालय पाउने सम्भावना छ । त्यस्तै एमालेले राष्ट्रपति र सभामुख पाउने सहमति भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *