ताजा समाचार

ओलीबाट कम्युनिस्ट आन्दोलन संकटमा पर्‍यो

काठमाडौं। नेकपा एमाले परित्याग गरेका घनश्याम भुसालले केपी शर्मा ओलीकै कारण देशले प्रगति गर्न नसकेको बताएका छन्।

नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्दै भुसालले एमालेमा ओलीवाद हाबी भएकै कारण देशले प्रगति गर्न नसकेको बताएका हुन्।

भुसालले भने, ‘ओलीवाद हाबी भएका कारण कम्युनिस्ट आन्दोलन अफ्ठेरोमा परेको हो। सर्वत्र म भन्ने सिद्धान्त उहाँ(ओली जी) मा छ। पाँच वर्षसम्म कृषि, उद्योग, सुशासनको क्षेत्रमा धेरै बलियो मुलुक हुने अवसर प्राप्त थियो। कमरेड ओलीका कारण त्यो अवसर देशले गुमायो।’

समृद्धिको आधारभूत काम पनि हुन नसकेको बताए। आफू विचारमा धेरैनै प्रष्ट भएको भुसालको भनाइ छ। भुसालले भने, ‘सौराह काण्डका नेताहरू जनताको बहुदलीय जनवाद भन्दै हिँडेका छन्। अहिले पनि संसदमा राम्रो मत आयो भने विघटन गर्छौ भनेको छ एमालेले।’

सिद्धान्ततः नेकपाको उत्तराधिकारी नेकपा एकीकृत समाजवादी नै हुने समेत बताए। भुसालले भने, ‘अब मेरो काम कार्यक्रम विकास गर्ने हो। समाजवादी कार्यक्रमको ठोस योजना बनाउँछु।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *