ताजा समाचार

प्रदेश–१ का नव नियुक्त तीन मन्त्रीले लिए शपथ

विराटनगर । प्रदेश–१ का नव नियुक्त तीन मन्त्रीले प्रदेश प्रमुख परशुराम खापुङबाट आज (शुक्रबार) पद तथा गोपनियताको शपथ लिएका छन् ।

माओवादीबाट तेह्रथुम १(२) बाट निर्वाचित दुर्गाप्रसाद चापागाईं र मोरङ ६ (१) बाट निर्वाचित जीवन आचार्य र एमालेबाट पूर्व प्रमुख सचेतक तथा सोलुखुम्बु १ (२) बाट दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित बुद्धिकुमार राजभण्डारीले मन्त्रीमा शपथ लिएका हुन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज मन्त्रिपरिषद् विस्तार गरी माओवादी केन्द्रका दुई र एमालेका थप एक गरी तीन जना मन्त्री नियुक्त गरेका हुन् । सोमबार प्रदेश १ मा मुख्यमन्त्री कार्कीले चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । अब ७ सदस्यीय मन्त्रिपरिषद् भएको र विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने बताए । अहिले मन्त्रिपरिषद्को कार्यविभाजन विश्वासको मत लिएपछि गर्ने मुख्यमन्त्री कार्कीले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *