ताजा समाचार

अमेरिका र जापानबीच सुरक्षा सहयोग सुदृढ बनाउने सहमति, चीन रूष्ट

काठमाडौं । अमेरिका र जापानले सुरक्षा सहयोग सुदृढ बनाउन सहमति गरेका छन् । तर अमेरिका र जापानबीच भएको सहमतिले सुरक्षा खतरा बढाउने भन्दै चीनले चिन्ता व्यक्त गरेको हो ।

अमेरिकाले र जापानले गरेको उक्त सहमति इन्डो प्यासिफिक र त्यसभन्दा बाहिरको ठूलो साझा रणनीति भएकाले चुनौती बढाएको चीनले दावी गरेको छ । अमेरिकी र जापानका विदेशमन्त्री र रक्षा मन्त्रीहरुको संयुक्त बैठकपछि जारी गरेको विज्ञप्तिमा चीनले अन्तर्राष्ट्रिय सुरक्षामा चुनौती थपेकाले त्यसको सामना गर्न गठबन्धन स्थापित गरेको उल्लेख गरिएको छ ।

चीनले विदेश नीतिमार्फत आफ्नो फाइदाका लागि राजनीतिक, आर्थिक, सैन्य र प्राविधि शक्तिको प्रयोग गर्न खोजेकाले नयाँ गठबन्धन आवश्यक रहेको ती मुलुकहरुको ठहर छ । ताइवानमा चीनको हस्तक्षेप वा दक्षिण तथा पूर्वी चीन समुद्रमा अन्य शत्रुतापूर्ण गतिविधि भएमा आवश्यक जनशक्ति तैनाथ गर्न पनि ती मुलुकका अधिकारीहरु सहमति भएको जनाइएको छ ।
सोही सम्झौताले लामो समयदेखि चलिरहेको अमेरिका जापान सुरक्षा सन्धि थप मजबुद भएको छ । यस सम्झौतामा नासाले जापानसँग हस्ताक्षर गरेर औपचारिकता दिने तयारी भएको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *