समाचार

रुपन्देहीको मर्चवारस्थित सीमा क्षेत्रमा गोली चल्यो, ३ जना पक्राउ

बुटवल । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको सीमा क्षेत्रमा बिहीबार साँझ गोली चलेको छ । सीमापारिबाट सामान ओसारपसार गर्नेहरुले कोटहीमाई गाउँपालिका ३, पर्सियामा साँझ ७ बजे प्रहरीलाई तर्साएर अवैध सामान ओसार्न गोली चलाएको हुन सक्ने प्रहरी अनुमान छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले घटनास्थलबाट एक थान गोलीको खोका फेला परेको जनाकारी दिए । प्रहरीले गोली चलाएको आरोपमा एक भारतीय र दुई नेपालीलाई पक्राउ गरेको छ । उनीहरुबाट भारतीय नम्बरको एकथान र नेपाली नम्बरको एकथान मोटरसाइकल पनि बरामद भएको छ ।

प्रवक्ता अर्यालले स्करी रोक्न सक्रिय रहेको प्रहरीलाई तर्साउन हवाई फायर गरेको हुन सक्ने बताए । यद्यपि घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

गोली चलेको पर्सियालगायत त्रिलोकपुर, कदमहवाबाट भारतबाट अवैध चोरी निकासी हुने गरेको छ । जहाँ पछिल्लो प्रहरीले कडाइ गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *