काठमाडौं । संसदको सबैभन्दा ठूलो दल भएर पनि प्रतिपक्षी बेन्चमा पुगेको नेपाली कांग्रेस प्रतिनिधि सभाको पहिलो बैठकमा संयमित देखियो ।
सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको संघीय संसदको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति सकारात्मक देखिनुभएको हो ।
तर, सोही बैठकमा सत्ताको चाबी बोकेको नेकपा (एमाले) मा भने पुरानै आक्रोश देखियो ।
तत्कालिन कांग्रेससँगको गठबन्धन छाडेर एकाएक एमालेसँग गठबन्धन गरी नयाँ सरकार निर्माण गरेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहालप्रति भित्री असन्तुष्टि भए पनि संसदको पहिलो बैठकमा देउवाले असन्तुष्टि पोख्नु भएन् ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।




