ताजा समाचार

न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिन मस्यौदा कार्यदलको बैठक जारी : आजै प्रतिवेदन बुझाउने

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई आज अन्तिम अन्तिम रुप दिने तयारी गरिएको छ । जसका लागि अर्थ मन्त्रालयमा कार्यदलको बैठक सुरु भएको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षता बसेको आजको कार्यदल बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रुप दिने भएकाे हाे ।

अर्थमन्त्री पौडेलका अनुसार आजको बैठकले न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्ने छ । यसअघि बिहीबार पनि कार्यदलको बैठक बसेको थियो । तर, कार्यदलका सदस्य माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनुपस्थित भएपछि बैठक आजका लागि सारिएको थियो ।बैठकले मस्यौदालाई अन्तिमरुप दिई आजै शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाउने उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष समेत रहनुभएका कार्यदलका संयोजक विष्णु पौडेलले जानकारी दिए ।

कार्यदलले दलले तयार गरेको मस्यौदालाई सत्ता साझेदार दलका शीर्ष नेताहरुले अन्तिम रुप दिनेछन् । न्यूतम साझा कार्यक्रममा सार्वजनिक पद धारण गरेकाहरुको सम्पत्ति छानबिन र न्यायिक सुधारका लागि उच्चस्तरीय आयोग गठन, भ्रष्टार नियन्त्रण र सुशासन, छिटोछरितो सरकारी सेवा लगायतका विषय समेटिने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *