काठमाडौं । वरिष्ठ पत्रकार मनिन्द्रलाल श्रेष्ठको निधन भएको छ । करिब ६ महिनादेखि क्यान्सरको उपचारमा रहेका श्रेष्ठको काठमाडौंको पेप्सीकोलास्थित आफ्नै निवासमा शुक्रबार बिहान निधन भएको हो ।
पाल्पाको वसन्तपुरमा जन्म भई राष्ट्रिय समाचार समिति (रासस)मा रही मुलुकको पत्रकारिता क्षेत्रमा करिब तीन दशक सेवा गरेका ७९ वर्षीय श्रेष्ठका श्रीमती, तीन छोरी र एक छोरा छन् । उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको छ ।



