ताजा समाचार

गण्डकी कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित

पोखरा । गण्डकी नेपाली कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे विजयी भएका छन् । उनी कांग्रेस सभापति शेरबहादुर देउवा निकटका हुन् । पाण्डेले १८ मत ल्याए ।

पाण्डेसँग प्रतिस्पर्धा गरेका भोजराज अर्यालले ८ मत ल्याए । एक मत बदर भयो ।इतर समूहका अर्यालले आफ्नै समूहका भनिएका सांसदको मत पनि पाएनन् । उनी निकट सांसदले १३ मत आकलन गरेका थिए ।

गण्डकीमा काङ्ग्रेसका २७ सांसद छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *