समाचार

कांग्रेस वागमती प्रदेश संसदीय दलको मतदान सुरू

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको निर्वाचन सुरु भएको छ । दिउँसो २ बजेबाट हुने भनिएको मतदान एक घण्टा ढिला गरी सवा ३ बाट सुरु भएको हो ।

निर्वाचनमा केन्द्रीय सदस्य बहादुर लामा तथा प्रदेश सभापति इन्द्रबहादुर बानियाँ प्रतिस्पर्धामा छन् ।

वागमती प्रदेशमा नेपाली कांग्रेसका ३७ जना सांसदहरु रहेका छन् । दलको नेतामा विजयी हुन १९ मत आवश्यक पर्दछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *