ताजा समाचार

रास्वपाले सोवितालाई उपसभामुख बनाउने तयारी

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार निर्माणमा निर्णायक रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा पनि दाबी गरेको छ ।

मन्त्रालय बाँडफाँडबारे छलफल गर्न बुधबार दिउँसो सत्तारुढ दलहरूको बैठक बोलाइएको छ । एक नेताका अनुसार रास्वपाले उपसभामुख र ५ वटा मन्त्रालयका लागि लबिङ गरिरहेको छ ।

रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका छन् । उपसभामुख पाएको अवस्थामा रास्वपाले सोविता गौतमलाई उम्मेदवार बनाउने तयारी छ । पार्टीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पनि पाएको अवस्थामा सोविताको रोजाइ उपसभामुखको सट्टा मन्त्री हुने नेताहरू बताउँछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *