ताजा समाचार

युक्रेनको आक्रमणसँगै रुसी राष्ट्रपतिले गरे सुरक्षा अधिकारीसँग छलफल

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले घरेलु सुरक्षा विषयमा शीर्ष अधिकारीसँग छलफल गरेका छन्।

युक्रेनले सोमबार ड्रोन आक्रमण गरेपछि राष्ट्रपति पुटिनले सुरक्षा परिषद्को बैठक बोलाएर राज्यको सुरक्षा सुनिश्चित गर्ने विषयमा छलफल गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

पछिल्लो पटक गरिएको युक्रेनी ड्रोन आक्रमणले देशको लागि चुनौती खडा गरेको रुसको निष्कर्ष छ।

सञ्चारकर्मीसँग कुरा गर्दै पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले अधिकारीहरूले युक्रेनको आक्रमणबाट देशलाई बचाउन आवश्यक उपाय अवलम्बन गरिरहेको बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *