ताजा समाचार

युद्धमा १३ हजार सैनिक मारिए : युक्रेन

काठमाडौं।रुससँगको युद्धमा हालसम्म १३ हजार युक्रेनी सैनिक मारिएका छन्।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोल्याकले १० देखि १३ हजार सैनिकको मृत्यु भएको बताएका हुन्। युक्रेनको सशस्त्र सेनाले सैनिक हताहतको संख्या पुष्टि गरेको छैन।

उनका अनुसार मृत्यु हुने भन्दा घाइते भएका सैनिकको संख्या अझै बढी छ। जेलेन्स्कीका सल्लाहकार ओलेक्सी अरेस्टोभिचले युद्धका क्रममा युक्रेनको भन्दा रुसी सैनिकको संख्या करिब सात गुणा बढी भएको दाबी गरेका छन्। रुसले गत फेबु्रअरीमा युक्रेनमाथि सुरु गरेको आक्रमण अझै पनि जारी राखेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *