शी जिनपिङसँगको भेटपछि उद्घाटन सम्बोधनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका र चीनबीचको ‘द्वन्द्व’ कम गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
उनले जिनपिङसँग सहमति जनाउँदै आमने सामने भेटघाटबाहेक ‘कम विकल्प’ बाँकी भएको बताएका छन् ।
बाइडेनले भने, ‘दुबैजना देशबीच वार्ताको बाटो खुला राख्न प्रतिबद्ध छौँ । ताकि दुबै देशले जलवायु परिवर्तन र असुरक्षा सहित अन्य अत्यावश्यक विश्वव्यापी मुद्दाहरू मा सँगै काम गर्न सकून् ।’
उनका अनुसार विश्व दुबै देशसँग पार्टनरशीपको आशा गरिरहेका छन् ।




