विश्व

गठबन्धन सरकारको नेतृत्व गर्ने तयारीमा नेतान्याहु

जेरुसेजम । इजरायलका वरिष्ठ राजनीतिज्ञ तथा पूर्व प्रधामन्त्री बेन्जामिन नेतान्याहुले सरकार गठनका लागि म्यान्डेट प्राप्त गरेका छन् । चार वर्षमा पाँचौ पटक भएको नोभेम्बर १ को चुनावले बेन्जामिन नेतान्याहु र उनका अति दक्षिणपन्थी सहयोगीले १२० सिटको संसदमा स्पष्ट बहुमत प्राप्त गरेको थियो ।

‘मैले तपाइ बेन्जामिन नेतान्याहुलाई सरकार गठनका लागि नियुक्त गर्ने निर्णय गरको छु’, राष्ट्रपति इज्याक हर्जोगले जेरुसेलमा आयोजित एक कार्यक्रममा भने । म्यान्डेट स्वीकार गर्दै ७३ वर्षीय नेतान्याहुले सम्पूर्ण इजरायलीलाई सेवा गर्ने प्रतिबद्धता जनाउका छन् । ‘मलाई मतदान गर्ने र नगर्ने दुबैलाई सेवा गर्नु मेरो दायित्व हो’, उनले भनेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *