ताजा समाचार

अमेरिकामा मध्यावधि निर्वाचन : सिनेटमा डेमोक्र्याटिक पार्टीको बहुमत

तस्वीर : बीबीसी
न्युयोर्क । निर्णायक राज्य नेभाडामा चुनाव जितेर डेमोक्र्याटिक पार्टीले अमेरिकी सिनेटमा बहुमत हाँसिल गरेको छ । रिपब्लिकनहरूले पार्टीको खराब प्रदर्शनको लागि डोनाल्ड ट्रम्पलाई दोष दिएका छन् ।

नेभाडामा क्याथरिन कोर्टेज मास्टोको जितसँगै डेमोक्र्याटिक पार्टीले सिनेटमा ५० सिटसहित बहुमत जुटाउने भएको हो । कोर्टेज मास्टोका प्रतिद्वन्द्वी एडम लाक्साल्टलाई ट्रम्पले समर्थन गरेका थिए । ट्रम्पले आगामी राष्ट्रपति निर्वाचनमा उम्मेदवार दिने बताएका छन् ।

नतिजाले डेमोक्र्याटलाई रिपब्लिकन भन्दा एक सिट अगाडि राखेको छ । जर्जिया सिनेट सिटको निर्वाचन भने डिसेम्बरमा हुनेछ । । माथिल्लो सदनमा आफ्नो पार्टीको विजयले आफू ‘अपत्यारिलो ढंगले’ खुशी भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । तर, रिपब्लिकनले तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा बहुमत नजिक छन्, जुन राष्ट्रपतिका लागि ठूलो धक्का हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *