समाचार

बोलाएको ५ दिन अगाडि नै सर्वोच्च पुग्यो मिडिया हब

काठमाडौं । कतारमा हुन गइरहेको विश्वकप फुटबल नेपालमा टेलिभिजनमा प्रसारण गर्ने राईट्स लिएका मिडिया हब सर्वोच्च अदालत पुगेको छ । टेलिभिजनमा प्रसारण गर्दा अतिरिक्त शुल्क उठाउन पाउनुपर्ने मागसहित मिडिया हबले सर्वोच्च गुहारेको हो ।

मिडिया हबले नेपाली ग्राहकबाट थप ५ सय रुपैयाँ शुल्क लिएर टेलिभिजनबाट प्रसारण गर्ने तयारी गरेपछि त्यसविरुद्ध यसअघि सर्वोच्चमा रिट परेको थियो ।

उक्त रिटको सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतले मिडिया हबलाई अतिरिक्त शुल्क लिने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

अन्तरिम आदेशका लागि कार्तिक ३० गते दुवै पक्षलाई बोलाइएको छ । तर, यसबारे छलफल गर्दा विश्वकप फुटबलको प्रसारणमा असर गर्ने भएकाले अल्पकालीन अन्तरिम आदेश खारेजको माग गर्दै सर्वोच्च गएको मिडिया हबले जनाएको छ ।

३० गते सुनुवाइ नभए यही आदेशले निरन्तरता पाउन सक्ने भएपछि त्यसअघि नै मिडिया हब सर्वोच्च पुगेको हो ।
मिडिया हबले दर्ता गरेको भ्याकेट निवेदन शुक्रबार नै पेशी तोकिएको छ । । तर आजै सुनुवाइका सम्भावना कम छ ।
विश्वकप फुटबलको सम्पूर्ण विद्युतीय प्रसारणको अधिकार मिडिया हबले लिएको छ । उसले ग्राहकबाट थप शुल्क लिएर प्रसारण गर्ने योजना बनाए पनि उक्त निर्णय विवादित छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *