न्युयोर्क- अमेरिकी राष्ट्रपति जो बाइडनले दोस्रो कार्यकालको लागि आफू “फेरि उम्मेदवार बन्ने“ संकेत गरेका छन् । दोसो कार्यकालका लागि उम्मेदवार बन्ने आफ्नो मनसाय रहेको तर ‘अर्को वर्षको सुरुमा’ निश्चित रूपमा निर्णय गर्ने उनले बताए ।
‘हाम्रो मनसाय फेरि प्रतिष्प्रर्धा गर्ने हो’ उनले आफ्नी श्रीमती जिललाई संकेत गर्दै भने। आफ्नो डेमोक्र्याटिक पार्टीले आश्चर्यजनक रूपमा बलियो प्रदर्शन गरेको मध्यावधि चुनाव पछि बोल्दै उनले भने, ‘यो चुनावको नतिजा जे भए पनि हाम्रो उद्देश्य यही हो। ।




