काठमाडौं । न्यूजील्याण्डले जारी टी-२० विश्वकपको सेमिफाइनलमा पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले २० ओभरमा ४ विकेट गुमाउदै १५२ रन बनाएको हो ।
न्यूजील्याण्डका लागि डार्यल मिचेलले अविजित ५३ रन बनाए भने कप्तान केन विलियम्सनले ४६ रन बनाए ।
त्यस्तै डेभोन कोनवेले २१ रन बनाए भने जेम्स निशामले १६ रन बनाए । त्यस्तै फिन एलेनले ४ र ग्लेन फिलिपले ६ रनको योगदान दिएका थिए ।
त्यस्तै पकिस्तानका बलर शाहिन शाह अफ्रिदीले २ विकेट लिए भने मोहमद नवाजले एक विकेट लिएका थिए ।




