खेलकुद

युरोपा लिगको प्लेअफमा को को खेल्दैछन् ?

काठमाडौँ । युइएफए युरोपा लिगका समुह चरणका खेलहरु सकिएका छन् । समुह चरण सकिएसँगै राउण्ड १६ मा पुगेका ८ टिमको टुंगो लागेको छ भने अर्को ८ टिमको टुंगो प्लेअफ खेलबाट लाग्ने भएको छ ।

समुह विजेता बनेका ८ टिम सिधै नकआउट राउण्डमा पुगेका छन् । जसमा आर्सनल, फेनेरबहस, रियल बेटिस, युनियन सेन्ट गिल्लोइस, रियल सोसियडाड, फेयेनूर्ड, एससी फ्रेईबर्ग र फेरेन्सभारोस रहेका छन् ।

त्यस्तै युरोकपका ८ समुहका उपविजेता टिम र च्याम्पियन्स लिगबाट युरोपा लिगमा ट्रान्सफर भएका ८ टिमवीच प्लेअफ खेल हुने भएको छ । यो प्लेअफबाट छानिएका ८ टिम युरोपा लिगको नकआउटचरणमा खेल्ने छन् ।

नकआउट चरणका लागि प्लेअफ खेल्ने टिममा युरोपा लिगका ८ उपविजेता टिम पिएसभी एन्डोभेन, रेन्नेज, एएस रोमा, युनियन बर्लिन, म्यानचेस्टर युनाइटेड, मिडटिजल्याण्ड, नान्टेज, मोनाको रहेका छन् । त्यस्तै च्याम्पियन्स लिगबाट आएका प्लेअफ खेल्ने ८ टिममा आयाक्स, बायर्न लिभरकुसन, बार्सिलोना, स्पोर्टिंग सिपी, साल्जबर्ग, शख्तर डोनेटस्क, सेभिया र युभेन्टस रहेका छन् ।

अब नकआउट राउण्डको प्लेअफको ड्र नोभेम्बर ७ मा हुने छ । त्यस्तै प्लेअफको पहिलो लिग खेल फेब्रुअरी १६ र दोस्रो लिग खेल फेब्रुअरी २३ मा हुने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *