खेलकुद

टिमो वेर्नेरले विश्वकप गुमाउने

काठमाडौं । चोट भएका जर्मनीका स्ट्राइकर टिमो वेर्नेरले नोभेम्बरमा सरु हुने कतार विश्वकप २०२२ गुमाउने भएका छन् । आरबी लाइपजिकका स्ट्राइकर वेर्नेर बुधबार च्याम्पियन्स लिग अन्तर्गत सख्तर डोनेस्कविरुद्धको खेलमा घाइते भएका थिए ।

सन् २०१७ मा जर्मनीको राष्ट्रिय टोलीबाट डेब्यु गरेका वेर्नेरले ५५ खेलमा २४ गोल गरेका छन् । नोभेम्बर २३ मा जापानविरुद्धको खेलसँगै जर्मनीले कतार विश्वकपमा सुरुवात गर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *