काठमाडौँ । टी-२० विश्वकपमा सुपर १२ अन्तर्गत अब अन्तिम खेल खेल्न बाँकी रहेको छ । अन्तिम खेल बाँकी हुदा दुवै समुहबाट सेमिफाइनल पुग्ने टिमको अनुमान गर्न मुश्किल देखिएको छ । अब शुक्रबार, शनिबार र आइतबार दुवै समुहका अन्तिम खेल हुने छन् ।
समुह १ को अंकगणित
समुह एकमा न्यूजील्याण्ड, ईङल्याण्ड र आयोजक अस्ट्रेलियाको ४-४ खेलपछि समान ५-५ अंक रहेको छ । तिनै देशले आफ्ना २-२ खेल जितेका छन् भने एक-एक खेलमा हार बेहोरेका छन् । त्यस्तै एक-एक खेल बर्षाले रद्ध भएको छ ।
यस समुहमा नेट रनरेटको आधारमा न्युजील्याण्ड शिर्ष स्थानमा छ भने ईङल्याण्ड दोस्रो तथा अस्ट्रेलिया तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै यस समुहमा श्रीलंका ४ खेलमा ४ अंकका साथ चौथो स्थानमा छ भने आयरल्याण्ड ४ खेलमा ३ अंकसहित पाँचौं र अफगानिस्तान ४ खेलमा २ अंकसहित छैटौं स्थानमा रहेको छ । अफगानिस्तान सेमिफाइनलको दौडबाट आफ्नो अन्तिम खेल नखेल्दै बाहिरिएको छ ।
त्यस्तै आयरल्याण्डले अब शुक्रबार हुने खेलमा न्यूजील्याण्डलाई पराजित गरेमा ५ खेलमा ६ अंक हुने छ र सेमिफाइनलमा पुग्न ईङल्याण्ड र अस्ट्रेलियाको खेलको नतिजा पर्खिनुपर्ने हुन्छ । त्यस अवस्थामा अस्ट्रेलिया र ईङल्याण्ड दुवै आफ्नो अन्तिम खेलमा पराजित भएर मात्र पनि आयरल्याण्ड सेमिफाइनलमा पुग्न मुश्किल देखिन्छ । त्यस्तो अवस्थामा रनरेटको हिसाब हुने छ ।
त्यस्तै चौथो स्थानमा रहेको श्रीलंकाले आफ्नो अन्तिम खेलमा शनिबार ईङल्याण्डको सामना गर्दै छ । दुवै देशका लागि यो खेल जित्ने पर्ने अवस्था रहेको छ । यस खेल जितेमा ईङल्याण्डको सेमिफाइनलमा पुग्ने सम्भावना सुनिस्चित हुने छ भने श्रीलंकाको लागि अन्य त्यसअघि शुक्रबार हुने खेलको नतिजाले निर्धारण गर्ने छ ।
त्यस्तै तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले शुक्रबार अफगानिस्तानसँग खेल्दै छ । अफगानिस्तान प्रतियोगिताबाट बाहिरिएकोले बिना दबाब अस्ट्रेलियाविरुद्ध खेल्ने छ भने खेलमा अस्ट्रेलिया जित्ने पर्ने दबाबसहित मैदानमा उत्रिने छ ।
यसरी प्राविधिक रुपमा यस समुहबाट पाँचवटै देश समिफाइनलको दौडमा रहेका छन् र अन्तिम खेलपछि नै सेमिफाइनल पुग्ने दुई देशको टुंगो लाग्ने भएकोले यो समुह रोमाञ्चक रहेको छ ।
समुह २ को अंक गणित
समू २ मा साबि देशले ४-४ खेल खेलेपछि भारत ४ खेलमा ६ अंकसहित शिर्ष स्थानमा रहेको छ भने दक्षिण अफ्रिकाको ४ खेलमा ५ अंक रहेको छ र समुहमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै पाकिस्तानको ४ खेलमा ४ अंक छ र समुहमा तेस्रो स्थानमा छ ।
त्यसैगरी ४ खेलमा ४ नै अंक रहेको बंगलादेश चौथो स्थानमा रहेको छ । पाकिस्तानको भन्दा कम रनरेटका कारण बंगलादेश पछि रहेको छ । त्यसैगरी जिम्बाबेको ४ खेलमा ३ अंक छ भने नेदरल्याण्डसको ४ खेलमा २ अंक रहेको छ ।
अब अन्तिम खेल बाँकि हुदा सेमिफाइनलमा पुग्ने दुई शिर्ष टिमको टुंगो लागेको छैन । अब शिर्ष दुई टिमको टुंगो अन्तिम खेलपछि नै लाग्ने देखिएको छ ।
.jpg)
शिर्ष स्थानमा रहेको भारतले आइतबार जिम्बाबेसँग खेल्ने छ । त्यस्तै दक्षिण अफ्रीकाले आइतबार नै नेदरल्याण्डसको सामना गर्ने छ भने आइतबार नै पाकिस्तान र बंगलादेशविरुद्ध खेल हुने छ ।
अब शिर्ष चार स्थानमा रहेका देश सेमिफाइनलको दौडमा रहेको देखिन्छ । जसमा आफ्नो अन्तिम खेलमा विजयी हुने देश सेमिफाइनलमा पुग्ने छ । तर पाकिस्तानका लागि जित मात्र काफी हुने छैन । पाकिस्तान सेमिफाइनलमा पुग्नका लागि भारत र दक्षिण अफ्रीका मध्ये एक आफ्नो अन्तिम खेल हार्नु पर्ने हुन्छ ।
भारत र दक्षिण अफ्रीकाले आ-आफ्नो अन्तिम खेल जितेमा भारतको ८ अंक हुने छ र दक्षिण अफ्रीकाको ७ अंक हुने छ । यस अवस्थामा दुवै सेमिफाइनलमा पुग्ने छन् । तर बर्षाले खेल अवरुद्ध भएमा, भारत र दक्षिण अफ्रीका मध्ये एक पराजित भएमा र पाकिस्तानले बंगलादेशलाई राम्रो रनरेटले पराजित गरेमा मात्र पाकिस्तानको सम्भावना देखिन्छ । त्यस्तै बंगलादेशले पाकिस्तानलाई पराजित गरेमा र दक्षिण अफ्रीका आफ्नो अन्तिम खेलमा पराजित भएमा सेमिफाइनलको सम्भावना बन्ने देखिन्छ । त्यस्तै भारत अन्तिम खेलमा पराजित भएमा तथा पाकिस्तान र बंगलादेशबीचको विजयी देश सेमिफाइनल पुग्ने अवस्था रनरेटको आधारमा मात्र तय हुने छ ।
यसरी हेर्दा यस टी-२० विश्वकपमा अन्तिम खेलबाट मात्र सेमिफाईनलमा पुग्ने देशको टुंगो लाग्ने हुनाले समुह चरणको अन्तिम खेल रोमान्चक हुने देखिन्छ ।




