काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत आज भइरहेको खेलमा पाकिस्तानले दक्षिण अफ्रीकालाई १८६ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाउदै १८५ रन बनाएको हो ।
पाकिस्तानका लागि इफ्तिखार अहमदले ५१ रन बनाएका थिए भने शडाब खानले २२ बलमा ५२ रन बनाएका थिए ।
त्यसैगरी मोहमद हरिस र मोहमद नवाजले २८-२८ रन बनाएका थिए । त्यस्तै पाकिस्तानका ओपनर मोहमद रिजवानले ४ र कप्तान बाबर आजमले ६ रन बनाएर आउट भएका थिए । त्यसैगरी नसीम शाहले अविजित ५ र हरिस रौफले ३ रन बनाएका थिए ।
त्यसैगरी दक्षिण अफ्रीकाका बलर एनरीच नोर्त्जेले सर्बाधिक ४ विकेट लिएका थिए भने वाने पर्निल, कागीसो रबाड़ा, लुंगी एन्गीडी र तब्रेज शाम्सीले एक एक विकेट लिएका थिए ।
आजको यो खेल दुवै देशका लागि महत्वपूर्ण गरेको छ । दक्षिण अफ्रीकाले यो खेल जितेमा सेमिफाइनलमा आफ्नो स्थान सुनिश्चित गर्ने छ भने पाकिस्तानले यो खेल हारेमा विश्वकपबाट बाहिरिने छ ।




