विश्व

उत्तर कोरियाद्वारा संयुक्त सैन्य अभ्यास रोक्न आह्वान

काठमाडौँ । उत्तर कोरियाले सोमबार अमेरिका र दक्षिण कोरियालाई यस क्षेत्रमा ठूलो मात्रामा सैन्य अभ्यास रोक्न आह्वान गरेको छ ।

दक्षिण कोरिया र अमेरिकी गतिविधिले उत्तेजित गराएकोसमेत उत्तर कोरियाले जनाएको छ ।

‘अमेरिका र दक्षिण कोरियाको निरन्तर र लापरवाही सैन्य गतिविधिका कारण कोरियाली प्रायद्वीप टकरावको चरणमा प्रवेश गरेको छ ।’ अमेरिका र दक्षिण कोरियाले वर्षेनी सैन्य अभ्यास गर्दै आएका छन् । उनीहरुको सैन्य अभ्यासको प्योङयाङले विरोध गर्दै आएको छ ।

उत्तर कोरियाले बारम्बार आणविक परीक्षण गर्दै आएको छ । उत्तरको आणविक परीक्षणलाई लिएर अन्र्तराष्ट्रिय समुदायले प्योङयाङमाथि विभिन्न प्रतिबन्ध लगाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *