खेलकुद

स्पेनिस ला-लिगामा रियलको दोस्रो बराबरी

काठमाडौं । स्पेनिस ला-लिगा फुटबलमा रियल म्याड्रिडले सिजनको दोस्रो बराबरी खेलेको छ। आइतबार राति भएको खेलमा रियलले जिरोनासँग १-१ गोलको बराबरी खेलेको हो।

रियलले घरेलु मैदानमा अधिकांश समय खेल नियन्त्रणमा लिए पनि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफमा अग्रता बनाएको रियलले अग्रता जोगाउन भने सकेन।

खेलको ७०औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए। तर, खेलको ८०औँ मिनेटमा क्रिस्टियन स्टुआनीले गोल गर्दै जिरोनालाई १-१ गोलको बराबरीमा ल्याए।

खेलको इन्जुरी समयमा रियल १० खेलाडीमा समेटिएको थियो। टोनी क्रुसले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि रियल १० खेलाडीमा समेटिएको हो।

घरेलु मैदानमा बराबरीमा रोकिए पनि रियल शीर्ष स्थानमा उक्लिएको छ। रियलले १२ खेलमा ३२ अंक जाेडेकाे छ। जिरोना १० अंक जोडेर १६औँ स्थानमा रहेको छ। बार्सिलोना ३१ अंकका साथ दोस्रो स्थानमा छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *