मुख्य समाचार

बोल्सोनारोलाई पराजित गर्दै लुला बने ब्राजिलको राष्ट्रपति

काठमाडौँ । ब्राजिलको राष्ट्रपति पदमा लुइज इनाकियो लुला द सिल्भा विजयी भएका छन् ।

७७ बर्षिय पुर्व राष्ट्रपति लुलाले वर्तमान राष्ट्रपति जैर बोल्सोनारोलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

दोस्रो चरणमा भएको मतदानपछि आएको परिणाममा लुलाले ५०.८३ प्रतिशत मत प्राप्त गरे भने बोल्सोनारोले ४९.१७ प्रतिशत मत प्राप्त गरेको बिबिसीले उल्लेख गरेको छ ।

नव निर्वाचित राष्ट्रपतिले २०२३ जनवरी १ मा आफ्नो पदको शपथ ग्रहण गर्ने छन् ।

यसअघि सम्पन्न पहिलो चरणको निर्वाचनमा कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त नगरेपछि लुला र बोल्सोनारोबीच दोस्रो चरणमा प्रतिष्पर्धा भएको थियो ।

लुला दोस्रो पटक ब्राजिलको राष्ट्रपति निर्वाचित भएका हुन् । उनी यसअघि २००३ देखि २०१० सम्म ब्राजिलको राष्ट्रपति बनेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *