काठमाडौँ । जारी टी-२० विश्वकपमा पाकिस्तानले पहिलो जित हासिल गरेको छ । लगतार दोस्रो हारपछि तेस्रो खेलमा पाकिस्तानले नेदरल्याण्डसलाई ६ विकेटले पराजित गरेको हो ।
नेदरल्याण्डसले दिएको ९२ रनको लक्ष्य पछाएको पाकिस्तानले १३.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
पाकिस्तानको जितमा मोहमद रिजवानले ४९ रन बनाएका थिए भने फखर जमानले २०, कप्तान बाबर आजमले ४ र शान मसूदले १२ रन बनाएका थिए । त्यस्तै इफ्तिखार अहमदले अविजित ६ रन बनाएका थिए ।
त्यस्तै नेदरल्याण्डसका बलर ब्रान्डन ग्लोभरले २ विकेट लिए भने पाउल भान मीकेरेन र एक विकेट लिएका थिए । त्यस्तै नेदरल्याण्डसले एक विकेट रनआउटको रुपमा लिएको थियो ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले २० ओभरमा ९ विकेट गुमाउदै ९१ रन मात्र बनाएको थियो ।
नेदरल्याण्डसका लागि कोलिन अकरम्यानले सर्बाधिक २७ रन बनाए भने कप्तान स्कट एडवर्ड्सले १५ रन बनाए । नेदरल्याण्डसका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन ।
नेदरल्याण्डसलाई कम रनमा रोक्ने क्रममा पाकिस्तानका बलर षडाब खानले ३ विकेट लिए भने मोहमद वासिमले २ विकेट लिए । त्यस्तै शाहीन शाह अफ्रिदी, नसीम शाह र हरिस राउफले एक एक विकेट लिए ।
यो जितपछि पाकिस्तानको ३ खेलमा २ अंक भएको छ । सुपर १२ को समुह २ मा रहेको पाकिस्तान पाँचौं स्थानमा रहेको छ । त्यस्तै नेदरल्याण्डस भने लगातार तीन खेलमा हार बेहोरेको छ । नेदरल्याण्डसको यो हारपछि अब सेमिफाइनल यात्रा लगभग समाप्त भएको छ । नेदरल्याण्डसले अब जिम्बाबे र दक्षिण अफ्रीकासँग खेल्न बाँकी छ ।




