खेलकुद

फिलिपको शतकमा न्यूजील्याण्डले श्रीलंकालाई दियो १६८ रनको लक्ष्य

काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत न्यूजील्याण्डले श्रीलंकालाई १६८ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले २० ओभरमा ७ विकेट गुमाउदै १६७ रन बनाएको हो ।

न्यूजील्याण्डका लागि ग्लेन फिलिप्सले शतकीय पारी खेलेका थिए । ६१ बलमा शतक बनाएका फिलिप्सले १०४ रन बनाएका थिए ।

त्यस्तै डार्यल मिचेलले २२ रन बनाएका थिए भने मिचेल सान्टनरले अविजित ११ रन बनाएका थिए ।

त्यसैगरी न्यूजील्याण्डका फिन एलेनले १, डेभोन कोनवेले १, कप्तान केन विलियम्सनले ८, जेम्स निशामले ५ रन बनाएका थिए ।

त्यस्तै श्रीलंकाका बलर कसुन राजिथले २ विकेट लिए भने महीश थीकसहाना, धनन्जय डी सिल्भा, लिहारू कुमारा र वानिन्दु हसरंगाले एक एक विकेट लिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *