ताजा समाचार

पाकिस्तानमाथि भारतको सनसनी जित

काठमाडौं । आईसीसी पुरूष टि–२० विश्वकप अन्तरगत भारत र पाकिस्तानविरुद्धको रोमाञ्चक खेलमा भारतले ५ विकेटको जित हात पारेको छ ।

बिराट कोहलीको उत्कृष्ट ब्याटिङको मद्दतमा भारतले हारको मुखबाट जित निकाले हो । पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले ५ विकेट गुमाएर अन्तिम बलमा पुरा गर्यो ।

अन्तिम ओभरमा भारतलाई जितका लागि १६ रन आवश्यक थियो । मोहम्मद नवाजले पहिलो तीन बलमा एक विकेट लिँदै ३ रन मात्र दिएका थिए । तर, अन्तिम तीन बलमा उनले आफ्नो लय गुमाउन पुगे । चौंथो बलमा नोबलसहित छक्का हुनु नै म्याचको टर्निङ प्वाइन्ट रह्यो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *