काठमाडौँ । बेलायतमा नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया शुरु भएको छ । कन्जरभेटिभ पार्टीले आफ्नो दलको नेता चयन प्रक्रिया सार्बजनिक गरेसँगै अक्टोबर २८ मा नयाँ प्रधानमन्त्रीको टुंगो लाग्ने भएको हो ।
नयाँ प्रधानमन्त्री पदको दौडमा भारतीय मूलका सांसद ऋषि सुनक सबैभन्दा अगाडी देखिएका छन् ।
लिज ट्रसको राजीनामापछि सुनक प्रधानमन्त्रीको दौडमा अगाडी देखिएका हुन् । उनी यस अघि ट्रससँग पराजित भएका थिए ।
त्यस्तै प्रधानमन्त्रीको दौड अगाडी आएका छन् । हाल क्यारेबियन देश डेमोनिक रिपब्लिकमा छुट्टीमा रहेका जोनसन लन्डन फर्किरहेका छन् । जोनसन सर्बसम्मतरुपमा पार्टीको नेता बन्ने प्रयासमा रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
त्यस्तै बेलायती हाउस अफ कमन्सका सभामुख पेनी मोर्डन्ट पनि प्रधानमन्त्रीको दौडमा रहेको बताइएको छ ।
कसरी हुन्छ नेताको चयन ?
कन्जरभेटिभ पार्टीले आफ्नो संसदीय दलको नेता चयन गर्न यस पटक नयाँ र छोटो प्रक्रिया सार्बजनिक गरेको छ ।
यस पटक दलको नेता बन्न मनोनयन दर्ता गर्न १०० सांसदहरुको समर्थन चाहिने भएको छ । यस अघि २० सांसदको मात्र समर्थन आवश्यक थियो ।
त्यसपछि दुई भन्दा बढी उम्मेदवार भएमा कन्जरभेटिभका सांसदहरुले मतदान गर्नेछन् र धेरै मत प्राप्त गर्ने शिर्ष दुई उम्मेदवार अगाडी बढ्ने छन् । सय सांसदको समर्थन चाहिने भएकाले बढीमा तीन मात्र उम्मेदवार हुन सक्ने देखिएको छ । कन्जरभेटिभका ३५७ सांसद रहेका छन् ।
त्यसपछि पार्टीका स्थायी सदस्यहरूले अनलाइन भोट गर्नेछन् । त्यसपछि धेरै मत ल्याउने नेता बेलायतको प्रधानमन्त्री बन्ने छ ।
किन असफल भइन् ट्रस
ट्रसको प्रधानमन्त्रीको रूपमा असफल हुनुको सबैभन्दा ठूलो कारण आर्थिक मोर्चामा असफलता थियो। सुनक व्यावसायिक बैंकर हुन् । जोन्सन सरकारमा अर्थमन्त्री पनि थिए । बेलायतको आर्थिक बेल आउट योजना, उसले जनताको अगाडि राख्यो, मध्यम वर्गले अत्यधिक प्रशंसा गर्यो । यस्तो अवस्थामा सुनकले आफूलाई बैंकर राजनीतिज्ञको रुपमा प्रधानमन्त्रीको उम्मेदवार बनाउने रणनीतिमा काम गरिरहेका छन् ।
बारम्बार प्रधानमन्त्री परिवर्तनका कारण सत्तारुढ कन्जरभेटिभ पार्टीको छवि धमिलो बन्दै गएको छ । विपक्षी लेबर पार्टीको लोकप्रियता २५ प्रतिशतले बढेको छ । बेलायतमा नयाँ निर्वाचनका लागि दुई वर्ष बाँकी छ । सुनकले आफूलाई लामो दौडको घोडा बताउदै पार्टीका सांसदहरुलाई समयमै निर्वाचनको धम्की दिइरहेका छन् । सुनकबाट स्थायित्व आएमा उनको सांसदको कार्यकाल पूरा हुने पनि सांसदहरुको विश्वास छ ।




