काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले एम्पोलीमाथि फराकिलो जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा युभेन्टसले एम्पोलीलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
युभेन्टसको जितमा राबिओट एड्रीएनले दुई गोल गरेका थिए भने वेस्टन म्याकेनी र मोइज कीनले एक एक गोल गरेका थिए ।
यो जितपछि युभेन्टसको ११ खेलमा १९ अंक भएको छ र लिगमा सातौ स्थानमा रहेको छ । त्यस्तै एम्पोलीको भने ११ खेलमा ११ अंक छ र लिगमा ११औ स्थानमा रहेको छ ।




