ताजा समाचार

एम्बाप्पे र मेसीको गोलमा पिएसजी विजयी

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले अजासिओलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा पिएसजीले अजासिओलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा किलियन एम्बापेले दुई गोल गरेका थिए । दुवै गोल मेसीले असिस्ट गरेका थिए । त्यस्तै एक गोल एम्बाप्पेको असिस्टमा मेसीले गरेका थिए । यस खेलमा नेइमार भने खेलेका थिएनन् ।

यो जितपछि पिएसजीको फ्रेन्च लिग वानमा १२ खेलमा ३२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ ।

त्यस्तै अजासिओको भने १२ खेलमा ८ अंक छ र लिगमा १८औं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *