काठमाडौँ । जारी टी-२० विश्वकपको सुपर १२ को समीकरण पुरा भएको छ । शुक्रबार सम्पन्न पहिलो चरणका खेलहरुपछि सुपर १२ मा पुग्ने ४ टोलिको टुंगो लागेको हो ।
सुपर १२ मा समुह बाट श्रीलंका र नेदरल्याण्डस तथा समुह बि बाट आयरल्याण्ड र जिम्बाबे पुगेका छन् ।
त्यस्तै समुह ए बाट नामिबिया र युएई तथा समुह बि बाट वेस्टइण्डिज र स्कटल्याण्ड विश्वकपको पहिलो चरणबाटै बाहिरिएका छन् ।
अब सुपर १२ को समुह १ मा अफगानिस्तान, अस्ट्रेलिया, ईङल्याण्ड, न्यूजील्याण्ड, श्रीलंका र आयरल्याण्ड रहेका छन् । त्यस्तै समुह २ मा बंगलादेश, भारत, पाकिस्तान, दक्षिण अफ्रीका, नेदरल्याण्डस र जिम्बाबे रहेका छन् ।
अब सुपर १२ का खेलहरु शनिबारदेखि शुरु हुनेछन् । पहिलो खेल आयोजक अस्ट्रेलिया र न्यूजील्याण्डबीच सिड्नी क्रिकेट ग्राउण्डमा नेपाली समय अनुसार अपराहन्न १२: ४५ मा शुरु हुने छ ।




